स्पेनको लगातार तेस्रो जित
म्याड्रिड, २६ असोज । विश्वकप छनोटअन्तर्गत युरोेपेली समूहमा युरोपियन च्याम्पियन स्पेनले जर्जियालाई २–० गोलले हराएको छ ।
समूह इमा स्पेन लगातार तेस्रो जितका साथ अङक तालिकामा शीर्ष स्थानमा रहकेो छ । स्पेनले अहिलेसम्म गोल वेहोरकेो छैन । लामिने यमालविना खेलेको स्पेनले पूर्वार्धमा येरेमी पिनोको गोलबाट अग्रता बनाएको थियो । मिडफिल्डर मिकेल आयरजाबेलले फ्रिकिकमा गोल गर स्पेनको अग्रता दोब्बर बनाए ।
सो समूहमा भएको अर्को खेमला टर्कीले बुल्गेरियालाई ६–१ ले पराजित गर्यो । टर्कीका लागि युभेन्टसका फरवार्ड केनन यिल्डिजले दुई गोल गरे । स्पेनभन्दा टर्की तीन अङ्कले पछाडि छ ।