एकैदिन सुनको मूल्य ८ हजार १०० रुपैयाँले बढ्यो, हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ, २८ असाेज । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेर २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

सोमबार छापावाल सुन प्रति तोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको निरन्तर वृद्धिको प्रत्यक्ष असर स्थानीय बजारमा देखिएको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि तीव्र वृद्धि भएको छ। सोमबार तोलामा ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३२५ रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र लगानीकर्ताहरूको सुरक्षित लगानीको खोजीका कारण बहुमूल्य धातुको मूल्यमा उछाल आएको विश्लेषण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *