भियतनामसँग फेरि हार्यो नेपाल
काठमाडौँ, २८ असोज । सनिस श्रेष्ठको आत्मघाती गोलपछि एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको नेपालले मङगलबार घरेलु टिम भियतनामसँग १–० ले पराजय वेहोरेको छ ।
भियतनामको थोङ न्हाट रंगशालामा खेलको पाँचौँ मिनेटमा सनिशले आफ्नै गोलपोस्टमा बल छिराएका हुन् । सनिस गत बिहिबार भियतनामविरुद्ध ३–१ ले हार वेहोरेको खेलमा नेपालका लागि गोल गर्ने खेलाडी हुन् ।
चालू प्रतियोगतामा नेपालको यो चार खेलको चौथो हार हो । भियतनाम भ्रमणअघि नेपालले मलेसियामा २–० र लाओसमा २–१ ले हार वेहोरेको थियो ।
यसबिच नेपालका मिडफिल्डर रोहित चन्दले भियतनामविरुद्ध मङगलबार खेल्दै एक सयौँ अन्तर्राष्ट्रय खेलको कोशेढुृङगा छोएका छन् । नेपालका लागि सर्वाधिक खेल खेल्नेमा कप्तान किरण छन् ।