एमालेको ११औं महाधिवेशन मंसिर २७-२९ मा पोखरामा हुने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पर्यटकीय नगरी पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको मिति र स्थानबारे यो प्रस्ताव पेस गरेका हुन्।

अध्यक्ष ओलीले आज केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको यो प्रस्तावमाथि अहिले छलफल चलिरहेको छ । तीन दिनसम्म चल्ने बैठकले यस विषयमा औपचारिक निर्णय लिनेछ।

पछिल्लो समय नेकपा एमालेभित्र अध्यक्ष ओलीलाई नेतृत्वबाट बिदा गर्नुपर्ने भन्नेबारे विभिन्न बहस र छलफल चल्दै आएका छन्। तर, अध्यक्ष ओलीले भने यसअघि नै ‘फेसबुकले भन्दैमा नेतृत्व नछाड्ने’ भन्दै, पार्टी कमिटीले निर्णय गरेमा मात्र आफू नेतृत्वबाट हट्न तयार रहेको स्पष्ट पारिसकेका छन्। यस महाधिवेशनले पार्टीको आगामी नेतृत्व र कार्यदिशा निर्धारण गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *