एमाले केन्द्रीय कमिटीको बैठक: दोस्रो दिन आज पनि सदस्यहरूले धारणा राख्ने
काठमाडौं, ३० असाेज । नेकपा एमालेकाे केन्द्रीय कमिटीको बैठक आजपनि बस्दैछ ।
आज दोस्रो दिन बैठकबिहान ८ बजेबाट सुरु हुदैछ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहनेछ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजोको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिसकेका छन् ।
आज करिब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ । बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ ।
तीन मिनेटमा आफ्ना धारणा नटुङ्ग्याए स्वतः माइक काटिने प्रबन्ध गरिएको छ । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि वर्णानुक्रम अनुसार अन्तिम (ज्ञ बाट) पालो मिलाइएको छ ।
हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औँ महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियाे ।