एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सुरु, ओलीको राजनीतिक प्रस्तावमा छलफल जारी

काठमाडौं, ३० असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको सत्र सुरु भएको छ।

बिहान आठ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको हो।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले पेस गर्नुभएकाे राजनीतिक प्रस्तावमाथि आफ्ना धारणा राख्ने क्रम जारी रहने एमालेले जनाएको छ।

बैठकको पहिलो दिन बुधबार करिब ५० जना केन्द्रीय सदस्यहरूले विभिन्न विषयमा आफ्ना विचार व्यक्त गर्नुभएकाे थियाे। आज बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ।

आज करिब १०० जना सदस्यहरूले बोल्ने अनुमान गरिएको छ। यसरी हेर्दा शुक्रबारसम्म बैठक सक्ने भनिए पनि सबै केन्द्रीय सदस्यहरूले आफ्ना भनाइ राख्न चाहेकाले बैठक लम्बिने संकेत देखिएको एमाले नेताहरूले बताएका छन्। बैठकले पार्टीको आगामी कार्यदिशा र रणनीतिबारे महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।