वर्तमान परिस्थितिमा आफू पुनः प्रधानमन्त्री नबन्ने केपी ओलीको घोषणा !
काठमाडौं, १२ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक गतिरोध अन्त्यका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेको जानकारी उहाँ निकट एमाले नेता महेश बस्नेतले जानकारी दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फट बस्नेतले यस्तो जानकारी दिनुभएको हो । ओलीले ६ बुँदे प्रस्ताव सार्वजनिक गरेको भन्दै बस्नेतले वर्तमान परिस्थितिमा आफू पुनः प्रधानमन्त्री नबन्ने घोषणा गरेको उल्लेख गर्नुभएको छ । त्यसैगरी ६ बुँदेको चार नम्बरमा सर्वपक्षीय सरकार गठन गरी जेन–जी प्रतिनिधिसहित सहमतिको बाटो खोज्ने उल्लेख गरिएको छ । ओलीका ६ बुँदा भन्दै बस्नेतले सार्वजनिक गरेका ६ बुँदा यस्ता छन् ।
१ असंवैधानिक रूपमा गरिएको प्रतिनिधि सभा पुनःस्थापना गर्ने।
२ सहमतिमूलक अवस्थामा गैरसांसद पनि प्रधानमन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था गर्ने।
३ वर्तमान परिस्थितिमा आफू पुनः प्रधानमन्त्री नबन्ने घोषणा गर्नु भएकोछ।
४ सर्वपक्षीय सरकार गठन गरी जेन–जी प्रतिनिधिसहित सहमतिको बाटो खोज्ने।
५ तीन महिनाभित्र निर्वाचन गराई जनमत लिने।
६ यी सबै प्रक्रियाका लागि मुख्य दलहरूबीच अग्रिम सहमति गर्ने।
ओलीका अनुसार, यो मार्गचित्र संवाद, सहमति र संविधानअनुसार स्थायित्व पुनःस्थापना गर्ने प्रयास हो।