सावधानी नअपनाउँदा ज्यान गयो

छठ पर्वमा असावधानीले डुवेर भारतमा १३३ जनाको डुबेर मृत्यु : दर्जनौं बेपत्ता

काठमाडौँ, कार्तिक १२ । भारतको पूर्वी राज्य बिहार र झारखण्डमा छठ पर्वका अवसरमा नदी तथा तलाउमा नुहाउने क्रममा कम्तीमा १३३ जनाको डुबेर मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार बिहारमा १०८ जनाको ज्यान गएको छ भने १० जना बेपत्ता भएका छन्। यता, छिमेकी झारखण्डमा २५ जनाको मृत्यु भएको छ ।

यी दुई राज्यका विभिन्न जिल्लाका नदी, तलाउ र अन्य जलाशयमा छठ पर्व मनाउने क्रममा भक्तजनहरू डुबेका हुन् । स्थानीय प्रशासनले बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बलका टोली परिचालन गरेको जनाएको छ। गोताखोर र प्रहरीको टोली पनि खोजी तथा उद्धार कार्यमा संलग्न रहेको बताइएको छ ।