मानव सिर्जित विपत्ति

कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक बेपत्ता, एकको सकुशल उद्धार

काठमाडौँ, कार्तिक १२ । पाल्पा र स्याङ्जाको सिमानामा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् भने एक जनाको सकुशल उद्धार गरिएको छ । आज (आइतबार) दिउँसो पौडी खेल्ने क्रममा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १५ वर्षीय बखन शाही बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो ।

शाहीसँगै पौडी खेल्न जानुभएका १६ वर्षीय विराज न्यौपानेलाई भने प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सकुशल उद्धार गरिएको छ । बेपत्ता शाहीको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक प्रधानले बताउनुभयो ।