मंगलबार सुनको भाउ प्रतितोला ४ हजार ९ सयले बढ्यो, चाँदी पनि महँगियो
काठमाडौं, २५ कात्तिक । मंगलबार एकैदिन सुनको भाउ करिब ५ हजार रुपैयाँ बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार ९ सय रुपैयाँले सुनको भाउ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ३ हजार ६५ रुपैयाँ रहेको चाँदी आज ३ हजार १७० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा फेरि सुनचाँदीको मूल्य उच्च दरमा बढेसँगै नेपाली बजारमा प्रभाव परेको छ ।