सुनको भाउ ५ हजार ९ सय रुपैयाँ बढेर फेरि साढे २ लाख नाघ्यो

काठमाडौं, २७ कात्तिक । सुनको भाउ बढेर फेरि साढे २ लाख नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ पुगेकाे हाे ।

अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९ सय रुपैयाँ बढेको हो। अघिल्लो दिन २ लाख ४४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी तोलाको १७० रुपैयाँ बढेको हो। आज प्रतितोला ३३४५ रुपैयाँ चाँदीको मूल्य तय भएको महासंघले जनाएको छ। यसअघि असोज ३१ गते चाँदीको भाउमा ३३५० रुपैयाँको रेकर्ड बनेको छ।

त्यस्तै नेपाली बजारमा असोज ३१ गते सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *