बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
बैतडी, १९ मङ्सिर । बैतडीको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा नै मृत्यु भएको हो । उहाँ सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ जाँदै गरेकाे थियो ।