सुनको भाउले राख्याे हालसम्मकै उच्च रेकर्ड, नाघ्यो २ लाख ६० हजार

काठमाडौँ, २९ मङ्सिर । सुनको भाउले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेर २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ। यसअघि आइतबार मात्रै असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँको रेकर्ड तोड्दै २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ पनि प्रतितोला ४५ रुपैयाँ बढेर ३ हजार ८७० रुपैयाँ पुगेको छ। यद्यपि, चाँदीले यसअघि गत शुक्रबार हालसम्मकै उच्च ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनाएको थियो।