इतुंबाहाः संरक्षण समाजद्वारा गायक उजं र मूर्तिकार ज्ञानबहादुर सम्मानित
काठमाडौँ, पुस २६ गते । नेपाली साङगितिक क्षेत्रका युवा ढुकढुकी गायक उजं शाक्य शनिबार सम्मानित भएका छन् ।
श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहार इतुंबाहाः संरक्षण समाजले २० औँ साधारण सभाको अवसरमा गायक उजंसहित मूर्तिकार ज्ञानबहादुर शाक्य पनि सम्मानित भए ।
गितसङगीतको माध्यमबाट देशभरि नेपालभाषालाई थप उचाईमा पुर्याएर अतुलनीय योगदान दिएको भन्दै उजंलाई सम्मान गरिएको हो । यसैगरी इतुबहाःमा रहेको ध्यानकुथीमा स्थापना गर्न बुद्ध, धर्म र संघका तीन मूर्ति निर्माण गरेर योगदान दिएकोले ज्ञानबहादुरलाई सम्मान गरिएको हो ।
इतुंबाहाः संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले दुवैलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गर्नुभयो । इतुंबहाकै कुलपुत्र गायक उजंले आप्mनो ठाउँमा पाएको सम्मानले अपार खुशी मिलेको बताए । मैँचा, बेबी, कुमारीलगायतका गीत उजंका लोकप्रिय गीत हुन् । उनले शनिबारराति आप्mनो नयाँ गित असं बजार रिलिज हुने जानकारी पनि दिए ।
यसैगरी मूर्तिकार शाक्यले आर्थिकरुपमा सबल बन्ने भन्दा पुण्य प्राप्त गर्ने सोचाईसहित बुद्धमूर्ति निर्माण कार्यमा लागेको बताए । उहाँले मूर्तिकार शाक्यका अनुसार ती तीन बुद्धमध्ये प्रज्ञापारमिता (संघ)को मूर्ति ‘मास्टरपिस’ हो, भने ।
सो अवसरमा समाजका अध्यक्ष शाक्यले पछिल्लो वर्ष इतुंबहाःमा भएका उपलब्धिमूलक कार्य उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘श्री केशचन्द्र महाविहारको करिव ५५० वर्ष पुरानो तीन थान चित्रकला (पौभाः) ४५ वर्ष पछि अमेरिकाबाट पुनः आफ्नै स्थानमा फिर्ता आएको छ । महायान, वज्रयानका बौद्ध देवीदेवताहरुबाट कक्षा सञ्चालन भएको छ । इतुंबहा म्युजियममा स्वदेशी र विदेशीमात्र होइन स्कुले विद्यार्थीहरु पनि आउँदा अवलोकनकर्ता बृद्धी भएको छ ।’
नेवार बौद्ध धर्मालम्बीहरुसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरुको जीवनशैली, संस्कारसम्बन्धी क्रियाकलापहरु नियमित रुपमा सञ्चालन हुने यस महाविहारमा पहिलो विहार सङ्ग्रहालयको रुपमा इतुंबहाः म्युजियमको स्थापना गरेको छ । इतुंबाहाः म्युजियममा चार ग्यालरीमा एक सयभन्दा बढी ऐतिहासिक सामाग्री प्रदर्शनमा राखिएको छ ।
सो कार्यक्रममा समाजका कोषाध्यक्ष रुपकुमार शाक्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।