सुन ताेलामै तीनलाख १८ हजार नाघ्याे, कतिमा भयाे काराेबार ?
काठमाडौँ, १४ माघ । स्थानीय बजारमा सुनचाँदीको मूल्यले आज (बुधबार) पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्यले आज पुनः नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ रहेको थियो । एकैदिन सुनको मूल्यमा भारी वृद्धि देखिएको छ ।
त्यस्तै, चाँदीको मूल्यले पनि नयाँ उचाइ छोएको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य ६ हजार ८ सय ७० रुपैयाँ कायम थियो ।
नेपाली बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य आकाशिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔँस ५ हजार २०० अमेरिकी डलर र चाँदी प्रतिऔँस १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।