रुविन, इभाना र बियान्कालाई अन ब्रान्डको प्रायोजन
काठमाडौँ, माघ १८ गते । एभिएम टेबल टेनिस क्लबका राष्ट्रिय खेलाडीहरू रुबिन महर्जन, इभाना थापा र बियान्का राईलाई अन ब्रान्डले एक वर्षका प्रायोजन गरेको छ ।
नेपालका लागि उक्त अन्तर्राष्ट्रिय प्रोटिन ब्रान्डको आधिकारिक वितरक डाइट नेपालको सहकार्यमा भएको सम्झौता कार्यक्रममा ब्रान्डका एम्बासडर सचित प्रधानले तीनै अन्तर्राष्ट्रिय टेबलटेनिस खेलाडीलाई एक वर्षका लागि आवश्यक पोषण सप्लिमेन्टहरू औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो ।
खेलाडीहरुले यस सहकार्य नेपाली टेबल टेनिस खेलाडीहरूको प्रदर्शनमा सुधार गर्न तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अझ सशक्त रूपमा प्रस्तुत हुन सहयोग पुग्ने बताएका छन् ।