साफ यु—१९ महिला फुटबलमा नेपालको जित
काठमाडौँ माघ १९ गते । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु—१९ महिला फुटबल प्रतियोगितामा नेपालले सोमबार भुटानलाई २—१ ले हराएको छ । नेपालको यो पहिलो जित हो ।
पोखरा रङ्गशालामा भएको खेलमा नेपालका लागि सिर्जना बडुवाल र प्रतिजा राइले गोल गरे भुटानका लागि सोनम छोदेनले गरेको गोल सान्त्वना मात्र बन्यो । नेपाल पहिलो खेलमा भारतसँग १–० ले पराजित भएको थियो । नेपालले अब बुधबार बङगलादेशसँग खेल्नेछ ।
यसअघि सोमबारै भएको खेलमा बङगलादेशले विजयी यात्रा कायमै राखेको छ । पोखरा रङ्गशालामा भएको खेलमा बङगलादेशले भारतलाई २—० ले हरायो ।
चार टिम सहभागी यस प्रतियोगितामा सिङगल राउन्ड रोविन लिगपछि अङक तालिकामा शीर्ष दुई स्थानमा रहने टिमबिच फाइनल हुने प्रावधान रहेको छ ।