नेपाली बजारमा सुनको भाउ ओरालो लाग्दै, एकैदिन ४ हजार २०० ले घट्यो

काठमाडाैं, २३ माघ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

आजको बजार अनुसार छापावाल सुन: २ लाख ९१ हजार रुपैयाँ (प्रतितोला) पुगेकाे छ भने दी: ४ हजार ७१० रुपैयाँ (प्रतितोला)मा कारेबार भएकाे छ ।

गत बुधबार अहिलेसम्मकै उच्च विन्दु नजिक पुगेको सुनको मूल्य त्यसयता निरन्तर घट्दो क्रममा छ। बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको थियो। बिहीबार २ लाख ९५ हजार २०० मा झरेको सुनको भाउ आज थप घटेर २ लाख ९१ हजारमा आइपुगेको हो।

चाँदीको मूल्यमा पनि सोही अनुरूप गिरावट देखिएको छ। बुधबार प्रतितोला ५ हजार ६०० पुगेको चाँदी आज घटेर ४ हजार ७१० रुपैयाँमा झरेको छ।