डलर र युरोको मूल्यमा सामान्य फेरबदल, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २५ माघ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर, युरोपियन युरो र पाउन्ड स्टर्लिङ लगायतका प्रमुख मुद्राको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा कायम गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा तोकिएको छ।

बेलायती मुद्रा पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा रहेको छ। त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ।

अन्य देशका मुद्राहरू:
अष्ट्रेलियन डलर: खरिद १०१ रुपैयाँ ०१ पैसा, बिक्री १०१ रुपैयाँ ४३ पैसा।
क्यानेडियन डलर: खरिद १०५ रुपैयाँ ७८ पैसा, बिक्री १०६ रुपैयाँ २२ पैसा।
सिङ्गापुर डलर: खरिद ११३ रुपैयाँ ६८ पैसा, बिक्री ११४ रुपैयाँ १६ पैसा।
जापानी येन (१०): खरिद ९ रुपैयाँ २२ पैसा, बिक्री ९ रुपैयाँ २६ पैसा।
चिनियाँ युआन: खरिद २० रुपैयाँ ८६ पैसा, बिक्री २० रुपैयाँ ९५ पैसा।

वैदेशिक रोजगारीमा रहेका र रेमिट्यान्स पठाउने नेपालीहरूका लागि महत्त्वपूर्ण मानिने खाडी मुलुकका मुद्रा र अन्य देशको दर यसप्रकार छ:
साउदी रियाल: खरिद ३८ रुपैयाँ ६० पैसा, बिक्री ३८ रुपैयाँ ७६ पैसा।
कतारी रियाल: खरिद ३९ रुपैयाँ ६१ पैसा, बिक्री ३९ रुपैयाँ ७७ पैसा।
यूएई दिराम: खरिद ३९ रुपैयाँ ४१ पैसा, बिक्री ३९ रुपैयाँ ५८ पैसा।
मलेसियन रिङ्गेट: खरिद ३६ रुपैयाँ ६७ पैसा, बिक्री ३६ रुपैयाँ ८२ पैसा।
कुवेती दिनार: खरिद ४७३ रुपैयाँ ६९ पैसा, बिक्री ४७५ रुपैयाँ ६५ पैसा।
दक्षिण कोरियन वन (१००): खरिद ९ रुपैयाँ ८७ पैसा, बिक्री ९ रुपैयाँ ९१ पैसा।

नेपाली बजारमा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ