सुन तोलामा ४ हजार १ सय रूपैँयाले बढ्यो, चाँदीको कतिले बढ्याे ?
काठमाडौँ, २६ माघ । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन तोलामा ४ हजार १०० रुपैयाँले बढेको हो।
महासंघले जनाएअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ सय ४० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।