आजको विदेशी मुद्राको विनिमय दर यस्ताे छ : डलर र युरोको भाउ स्थिर, अन्य मुद्राकाे कति ?
काठमाडौँ, २७ माघ । नेपाल राष्ट्र बैंकले आज (मङ्गलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्ट्रलिङको मूल्य अघिल्लो दिनको तुलनामा सामान्य फेरबदल भए पनि स्थिर जस्तै देखिएको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
बेलायती मुद्रा पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९८ रुपैयाँ १३ पैसा पुगेको छ । त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर: खरिद १०१ रुपैयाँ ८० पैसा, बिक्री १०२ रुपैयाँ २२ पैसा ।
क्यानेडियन डलर: खरिद १०६ रुपैयाँ २० पैसा, बिक्री १०६ रुपैयाँ ६४ पैसा ।
सिङ्गापुर डलर: खरिद ११४ रुपैयाँ १४ पैसा, बिक्री ११४ रुपैयाँ ६१ पैसा ।
जापानी येन (१०): खरिद ९ रुपैयाँ २६ पैसा, बिक्री ९ रुपैयाँ २९ पैसा ।
चिनियाँ युआन: खरिद २० रुपैयाँ ९३ पैसा, बिक्री २१ रुपैयाँ २ पैसा ।
वैदेशिक रोजगारीमा रहेका र रेमिट्यान्स पठाउने नेपालीहरूका लागि महत्त्वपूर्ण मानिने खाडी मुलुकका मुद्रा र अन्य देशको विनिमय दर आज यसप्रकार छ:
साउदी रियाल: खरिद ३८ रुपैयाँ ६४ पैसा, बिक्री ३८ रुपैयाँ ८० पैसा ।
कतारी रियाल: खरिद ३९ रुपैयाँ ६५ पैसा, बिक्री ३९ रुपैयाँ ८१ पैसा ।
यूएई दिराम: खरिद ३९ रुपैयाँ ४५ पैसा, बिक्री ३९ रुपैयाँ ६२ पैसा ।
मलेसियन रिङ्गेट: खरिद ३६ रुपैयाँ ८३ पैसा, बिक्री ३६ रुपैयाँ ९९ पैसा ।
कुवेती दिनार: खरिद ४७४ रुपैयाँ ३७ पैसा, बिक्री ४७६ रुपैयाँ ३३ पैसा ।
दक्षिण कोरियन वन (१००): खरिद ९ रुपैयाँ ८८ पैसा, बिक्री ९ रुपैयाँ ९२ पैसा ।
नेपाली बजारमा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ ।