आजको विदेशी मुद्राको विनिमय दर यस्ताे छ : कुन देशकाे मुद्रा कतिमा काराेबार ?

काठमाडाै, २८ माघ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्यमा सामान्य उतारचढाव देखिएको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

बेलायती मुद्रा पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

प्रमुख मुद्राहरू:
अष्ट्रेलियन डलर: खरिद १०२ रुपैयाँ ३० पैसा, बिक्री १०२ रुपैयाँ ७२ पैसा ।
क्यानेडियन डलर: खरिद १०६ रुपैयाँ ६२ पैसा, बिक्री १०७ रुपैयाँ ०६ पैसा ।
सिङ्गापुर डलर: खरिद ११४ रुपैयाँ २३ पैसा, बिक्री ११४ रुपैयाँ ७१ पैसा ।
जापानी येन (१०): खरिद ९ रुपैयाँ ३२ पैसा, बिक्री ९ रुपैयाँ ३५ पैसा ।
चिनियाँ युआन: खरिद २० रुपैयाँ ९३ पैसा, बिक्री २१ रुपैयाँ ०१ पैसा ।

वैदेशिक रोजगारीका लागि महत्त्वपूर्ण मानिने खाडी मुलुकका मुद्रा र अन्य देशको विनिमय दर आज यसप्रकार छ:
साउदी रियाल: खरिद ३८ रुपैयाँ ५६ पैसा, बिक्री ३८ रुपैयाँ ७२ पैसा ।
कतारी रियाल: खरिद ३९ रुपैयाँ ५७ पैसा, बिक्री ३९ रुपैयाँ ७३ पैसा ।
यूएई दिराम: खरिद ३९ रुपैयाँ ३८ पैसा, बिक्री ३९ रुपैयाँ ५४ पैसा ।
मलेसियन रिङ्गेट: खरिद ३६ रुपैयाँ ८६ पैसा, बिक्री ३७ रुपैयाँ ०२ पैसा ।
कुवेती दिनार: खरिद ४७३ रुपैयाँ ९६ पैसा, बिक्री ४७५ रुपैयाँ ९३ पैसा ।
दक्षिण कोरियन वन (१ १००): खरिद ९ रुपैयाँ ९० पैसा, बिक्री ९ रुपैयाँ ९४ पैसा ।

नेपाली बजारमा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ ।