सुन र चाँदी दुवैको मूल्य फेरि बढ्याे, तोलाको कतिमा भयाे काराेबार ?

काठमाडौँ, २८ माघ । नेपाली बजारमा सुन र चाँदीको मूल्य वृद्धि हुने क्रम आज पनि जारी रहेको छ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ पुगेको छ । यो मूल्य मंगलबारको तुलनामा प्रतितोला १ हजार १०० रुपैयाँले बढी हो । मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसअघि गत सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँ र चाँदी ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार उतारचढाव सहित वृद्धि देखिएको छ ।