सुनचाँदीको मूल्य बढ्यो : तोलाकाे कतिमा भइरहेछ कारोबार ?
काठमाडौँ, १४ फागुन । स्थानीय बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य उकालो लागेको छ । अघिल्लो दिन (बुधबार) को तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ७२५ रुपैयाँ पुगेको छ ।
यस साता सुनको मूल्यमा सामान्य उतारचढाव देखिएको छ । गत सोमबार प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन मङ्गलबार र बुधबार ३ लाख १४ हजार ८ सय रुपैयाँमा स्थिर रहेको थियो । चाँदीको मूल्य भने सोमबार ५ हजार ५९५ र मङ्गलबार ५ हजार ७१५ रुपैयाँ रहेको महासङ्घको तथ्याङ्क छ ।
स्थानीय बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च देखिएको छ ।