दोलखाको मालुमा मतदान स्थगित: बुथ कब्जाको प्रयासपछि तनाव, एमाले र रास्वपाद्वारा विरोध प्रदर्शन

दोलखा, २१ फागुन । दोलखाको मालु मतदान केन्द्रमा राजनीतिक दलहरूबीच विवाद र तनाव सिर्जना भएपछि मतदान कार्य केही समयका लागि स्थगित गरिएको छ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले मिलेर बुथ कब्जा गरेको आरोप लागेपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो।

बुथ कब्जाको विरोधमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले चर्को नाराबाजी र विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले निष्पक्ष मतदानको वातावरण नभएको दाबी गर्दै पुनः मतदानको माग समेत गरेका छन्।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि निर्वाचन अधिकृतले तत्कालका लागि मतदान प्रक्रिया रोक्ने निर्णय गरेका हुन्। अहिले सो क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिहरूबीच वार्ता गरी मतदान पुनः सुचारु गराउने प्रयास भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *