यस्ताे छ विदेशी मुद्राको विनिमय दर : युरो र पाउण्डको भाउ बढ्यो, डलर स्थिर
काठमाडौँ, २५ फागुन । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। सार्वजनिक विवरणअनुसार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र पाउण्ड स्ट्रलिङसहितका केही प्रमुख मुद्राको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा केही बढी हो।
यसैगरी, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९७ रुपैयाँ २८ पैसा तथा स्वीस फ्रयाङ्क १ को खरिददर १८८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा रहेको छ।
अष्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा तथा सिङ्गापुर डलर १ को खरिददर ११४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा कायम हुँदा चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ २४ पैसा र बिक्रीदर २१ रुपैयाँ ३३ पैसा पुगेको छ।
वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने खाडी मुलुकहरूको मुद्राको भाउ यस प्रकार छ:
साउदी रियाल १: बिक्रीदर ३९ रुपैयाँ १९ पैसा
कतारी रियाल १: बिक्रीदर ४० रुपैयाँ २४ पैसा
युएई दिराम १: बिक्रीदर ४० रुपैयाँ ०५ पैसा
मलेसियन रिङ्गेट १: बिक्रीदर ३७ रुपैयाँ २८ पैसा
कुवेती दिनार १: बिक्रीदर ४८० रुपैयाँ ५३ पैसा
त्यसैगरी, बहराइन दिनार १ को बिक्रीदर ३८९ रुपैयाँ ७५ पैसा र ओमनी रियाल १ को ३८२ रुपैयाँ ५५ पैसा तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ।