डलरको बिक्री मूल्य १४७ रुपैयाँ २० पैसा कायम, यस्ताे छ आजको विनिमय दर
काठमाडौँ, २७ फागुन । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार आज अमेरिकी डलरको भाउमा सामान्य गिरावट देखिएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा कायम भएको छ।
यसैगरी, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ १७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९८ पैसा तथा स्वीस फ्रयाङ्क १ को खरिददर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८३ पैसा रहेको छ।
वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने खाडी मुलुकहरूको मुद्राको भाउ यस प्रकार छ:
साउदी रियाल १: बिक्रीदर ३९ रुपैयाँ २२ पैसा
कतारी रियाल १: बिक्रीदर ४० रुपैयाँ २७ पैसा
युएई दिराम १: बिक्रीदर ४० रुपैयाँ ०८ पैसा
मलेसियन रिङ्गेट १: बिक्रीदर ३७ रुपैयाँ ५० पैसा
कुवेती दिनार १: बिक्रीदर ४८० रुपैयाँ ८१ पैसा
बहराइन दिनार १: बिक्रीदर ३८९ रुपैयाँ ८८ पैसा
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा कायम हुँदा चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ३३ पैसा र बिक्रीदर २१ रुपैयाँ ४२ पैसा पुगेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ।
अष्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ २८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५२ पैसा तथा सिङ्गापुर डलर १ को खरिददर ११५ रुपैयाँ २७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ।