आजको विदेशी मुद्राको विनिमय दर यस्ताे छ : डलरको बिक्रीदर १४७.८१ रुपैयाँ कायम
काठमाडौँ, २९ फागुन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार आज अमेरिकी डलरको भाउमा सामान्य उतारचढाव देखिएको छ भने युके पाउण्ड स्ट्रलिङ र युरोको मूल्यमा पनि फेरबदल भएको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा कायम भएको छ।
यसैगरी, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ २१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ०१ पैसा तथा स्वीस फ्रयाङ्क १ को खरिददर १८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३२ पैसा रहेको छ।
वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने खाडी मुलुकहरूको मुद्राको भाउ यस प्रकार छ:
साउदी रियाल १: खरिददर ३९.२३ र बिक्रीदर ३९.३९ रुपैयाँ
कतारी रियाल १: खरिददर ४०.३८ र बिक्रीदर ४०.५४ रुपैयाँ
युएई दिराम १: खरिददर ४०.०८ र बिक्रीदर ४०.२५ रुपैयाँ
मलेसियन रिङ्गेट १: खरिददर ३७.४९ र बिक्रीदर ३७.६४ रुपैयाँ
कुवेती दिनार १: खरिददर ४८०.२९ र बिक्रीदर ४८२.२५ रुपैयाँ
बहराइन दिनार १: खरिददर ३८९.८६ र बिक्रीदर ३९१.४५ रुपैयाँ
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा कायम हुँदा चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ४३ पैसा र बिक्रीदर २१ रुपैयाँ ५१ पैसा पुगेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ।
अष्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७६ पैसा तथा सिङ्गापुर डलर १ को खरिददर ११५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ।