आजको विदेशी मुद्राको विनिमय दर यस्ताे छ, डलरको बिक्रीदर १४८.५२ रुपैयाँ पुग्यो
काठमाडौँ, ५ चैत । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ विनिमय दरअनुसार आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउमा सामान्य वृद्धि देखिएको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ ५९ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा कायम भएको छ।
यसैगरी, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९८ रुपैयाँ २५ पैसा तथा स्वीस फ्रयाङ्क १ को खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८७ पैसा रहेको छ।
वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने खाडी मुलुक र मलेसियाको मुद्राको भाउ यस प्रकार छ:
साउदी रियाल १: खरिददर ३९.४० र बिक्रीदर ३९.५६ रुपैयाँ
कतारी रियाल १: खरिददर ४०.४७ र बिक्रीदर ४०.६३ रुपैयाँ
युएई दिराम १: खरिददर ४०.२७ र बिक्रीदर ४०.४४ रुपैयाँ
मलेसियन रिङ्गेट १: खरिददर ३७.७७ र बिक्रीदर ३७.९२ रुपैयाँ
कुवेती दिनार १: खरिददर ४८२.४५ र बिक्रीदर ४८४.४१ रुपैयाँ
बहराइन दिनार १: खरिददर ३९१.७४ र बिक्रीदर ३९३.३३ रुपैयाँ
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा कायम हुँदा चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६१ पैसा पुगेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ।
अष्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०८ रुपैयाँ ४४ पैसा तथा सिङ्गापुर डलर १ को खरिददर ११५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११६ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ।