अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
काठमाडौँ, १० चैत । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार आज अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
लगातार उकालो लागिरहेको अमेरिकी डलरको भाउले आज नयाँ उचाइ कायम गरेको छ। राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ।
आज युरोपियन युरो १ को खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा कायम भएको छ। त्यसैगरी, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा पुगेको छ भने स्वीस फ्रयाङ्क १ को खरिददर १९० रुपैयाँ २५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०१ पैसा रहेको छ।
वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने खाडी मुलुक र मलेसियाको मुद्राको भाउ यस प्रकार छ:
साउदी रियाल १: खरिद ३९.९७ र बिक्री ४०.१३ रुपैयाँ
कतारी रियाल १: खरिद ४१.०६ र बिक्री ४१.२२ रुपैयाँ
युएई दिराम १: खरिद ४०.८६ र बिक्री ४१.०२ रुपैयाँ
मलेसियन रिङ्गेट १: खरिद ३८.०९ र बिक्री ३८.२५ रुपैयाँ
कुवेती दिनार १: खरिद ४८९.४७ र बिक्री ४९१.४२ रुपैयाँ
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा कायम हुँदा चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ७८ पैसा र बिक्रीदर २१ रुपैयाँ ८६ पैसा पुगेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ।
अष्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा तथा सिङ्गापुर डलर १ को खरिददर ११७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ।