विदेशी मुद्राको विनिमय दर यस्ताे छ : अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड, अन्य मुद्रा पनि महँगिए

काठमाडौँ, १४ चैत । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार आज अमेरिकी डलरको मूल्यले ऐतिहासिक उचाइ कायम गरेको छ भने युरो, पाउण्ड स्ट्रलिङ र अष्ट्रेलियन डलरसहित अधिकांश विदेशी मुद्राको भाउमा पनि वृद्धि देखिएको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ। यो डलरको हालसम्मकै उच्च मूल्य हो। त्यस्तै, युरोपियन युरो १ को खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा कायम भएको छ।

यसैगरी, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २० पैसा पुगेको छ भने स्वीस फ्रयाङ्क १ को खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६७ पैसा रहेको छ।

नेपाली कामदारका लागि प्रमुख गन्तव्य मानिने खाडी मुलुक र मलेसियाको मुद्राको भाउ यस प्रकार छ:
साउदी रियाल १: खरिद ४० रुपैयाँ ३५ पैसा र बिक्री ४० रुपैयाँ ५१ पैसा।
कतारी रियाल १: खरिद ४१ रुपैयाँ ४४ पैसा र बिक्री ४१ रुपैयाँ ६१ पैसा।
युएई दिराम १: खरिद ४१ रुपैयाँ २३ पैसा र बिक्री ४१ रुपैयाँ ३९ पैसा।
मलेसियन रिङ्गेट १: खरिद ३७ रुपैयाँ ७३ पैसा र बिक्री ३७ रुपैयाँ ८८ पैसा।
कुवेती दिनार १: खरिद ४९३ रुपैयाँ ७६ पैसा र बिक्री ४९५ रुपैयाँ ७१ पैसा।
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा कायम हुँदा चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा पुगेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ।

अष्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा तथा सिङ्गापुर डलर १ को खरिददर ११७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुन सक्ने जनाएको छ। अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा समेत उपलब्ध गराइएको छ।