सुन र चाँदीको मूल्य फेरि बढ्यो, कति पुग्याे ताेलाकाे ?

काठमाडौँ, १५ चैत । सुनचाँदीकोे मूल्य आज बढेको छ । सुन तोलामा रु पाँच हजारले र चाँदी रु ५० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८६ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ७२० कायम भएको छ ।

गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ६७० कायम भएको थियो ।