सुनचाँदीको मूल्यमा उच्च वृद्धि, सुन प्रतितोला २ लाख ९० हजार नाघ्यो
काठमाडौं, १७ चैत्र । स्थानीय बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य १४५ रुपैयाँले बढेको हो ।
यो वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ । त्यसैगरी, चाँदी (सेतो धातु) को मूल्य प्रतितोला ४ हजार ८४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसअघि हिजो (सोमबार) छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, गत आइतबार सुनको मूल्य २ लाख ८६ हजार र चाँदीको मूल्य ४ हजार ७२० रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔंस ४ हजार ५६० अमेरिकी डलर र चाँदी प्रतिऔंस ८० डलरमा कारोबार भइरहेको छ ।