सुनको मूल्य स्थिर रहँदा चाँदी तोलामा ५० रुपैयाँले बढ्यो, यस्ताे छ आजकाे मूल्य

काठमाडौँ, २० चैत । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको हो।

महासङ्घले सार्वजनिक गरेको दैनिक मूल्यसूची अनुसार, आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन (बिहीबार) पनि सुन सोही मूल्यमा नै कारोबार भएको थियो। सुनको मूल्य स्थिर रहँदा आज सेतो धातु (चाँदी) को मूल्य भने बढेर प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ।

यसअघि गत बुधबार स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ९ सय ४५ रुपैयाँ तोकिएको थियो। पछिल्ला केही दिनयता बहुमूल्य धातुको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ।

स्थानीय बजारका साथै अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ७ सय अमेरिकी डलर र चाँदी प्रतिऔँस ७३ डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *