सुनको भाउ तोलामा २ हजार ६ सयले घट्यो
काठमाडौं, २३ चैत । सोमबार सुनको भाउ तोलामा रु. २,६०० ले घटेर प्रतितोला रु. २,९१,४०० कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघले सो दिन सुनको भाउ सोही रकम तोकेको जनाएको छ। अघिल्लो दिन सुनको कारोबार प्रतितोला रु. २,९४,००० मा भएको थियो।
समग्रमा एक हप्तामा सुनको भाउ रु. ७,९०० ले बढेको देखिन्छ; गत सोमबार सुन प्रतितोला रु. २,८३,५०० मा कारोबार भएको थियो।
चाँदी पनि आज घटेको छ। अघिल्लो दिन प्रतितोला रु. ४,८३० बाट चाँदीको भाउ रु. ४,७८० मा झरेको छ। गत सोमबार चाँदी प्रतितोला रु. ४,७०० मा कारोबार भएको थियो।