राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं, २४ चैत्र । सरकारले नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डितलाई नियुक्त गरेको छ । मंगलबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकमै कार्यकारी निर्देशकका रूपमा कार्यरत पण्डितलाई डेपुटी गभर्नरको जिम्मेवारी दिने निर्णय गरेको हो ।

डेपुटी गभर्नरद्वय नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै केन्द्रीय बैंकमा विशिष्ट श्रेणीका दुईवटा डेपुटी गभर्नर पद रिक्त रहँदै आएका थिए । सरकारले रिक्त रहेका दुईमध्ये एक पदमा पण्डितलाई नियुक्त गरेको हो भने अर्को एक पद अझै रिक्त छ ।