नेप्सेको नयाँ कार्यतालिका यस्ताे छ, आइतबार शेयर काराेबार नहुने, शुक्रबार हुने
काठमाडौं, २५ चैत । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले शेयर कारोबार संचालनसम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।
मन्त्रीपरिषद्को गत चैत २२ गतेको निर्णयअनुसार सप्ताहान्तमा शनिबार र आइतबार सार्वजनिक बिदा राख्ने र कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णयसँगै नेप्सेकाे कारोबार समयमा समायोजन गरिएको हो।
नेप्से सञ्चालक समितिको चैत २२ गतेको बैठकले सरकारको उक्त निर्णयलाई आत्मसाथ गर्दै अब शेयर बजार सोमबारदेखि शुक्रबारसम्म पहिलेदेखिकाे समयअनुसार खुल्ने जनाएको छ। यसअघिको कार्यतालिका अनुसार आइतबारदेखि बिहीबारसम्म कारोबार हुँदै आएका थिए भने नयाँ निर्णयअनुसार आइतबार सार्वजनिक बिदा भएकाले त्यहाँ कारोबार बन्द रहनेछ।