विदेशी मुद्राको विनिमय दर यस्ताे छ : कतिमा विनिमय भयाे विदेशी मुद्रा?

काठमाडौँ, ३० चैत । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ विनिमय दरअनुसार आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउमा सामान्य उतारचढाव देखिएको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो १ को खरिददर १७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७४ रुपैयाँ २४ पैसा कायम भएको छ।

यसैगरी, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १४ पैसा पुगेको छ भने स्वीस फ्रयाङ्क १ को खरिददर १८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३९ पैसा रहेको छ।

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने मुलुकहरूको मुद्राको भाउ यस प्रकार छ:
साउदी रियाल १: खरिद ३९ रुपैयाँ ४६ पैसा र बिक्री ३९ रुपैयाँ ६२ पैसा।
कतारी रियाल १: खरिद ४० रुपैयाँ ६२ पैसा र बिक्री ४० रुपैयाँ ७८ पैसा।
युएई दिराम १: खरिद ४० रुपैयाँ ३१ पैसा र बिक्री ४० रुपैयाँ ४७ पैसा।
मलेसियन रिङ्गेट १: खरिद ३७ रुपैयाँ ३४ पैसा र बिक्री ३७ रुपैयाँ ५० पैसा।
कुवेती दिनार १: बिक्री ४८५ रुपैयाँ २२ पैसा।
बहराइन दिनार १: बिक्री ३९४ रुपैयाँ ३५ पैसा।

त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा कायम हुँदा चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ६९ पैसा र बिक्रीदर २१ रुपैयाँ ७७ पैसा पुगेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९९ पैसा तथा क्यानेडियन डलर १ को खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ। छिमेकी मुलुक भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *