आजको लागि विदेशी मुद्राको विनिमय दर यस्ताे छ : कुन मुद्राकाे विनिमय कतिमा ?

काठमाडौँ, २ वैशाख । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ विनिमय दरअनुसार आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउमा सामान्य फेरबदल देखिएको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो १ को खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा कायम भएको छ।

यसैगरी, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०३ रुपैयाँ १९ पैसा पुगेको छ भने स्वीस फ्रयाङ्क १ को खरिददर १९१ रुपैयाँ १७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९४ पैसा रहेको छ।

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने मुलुकहरूको मुद्राको भाउ यस प्रकार छ:
साउदी रियाल १: खरिद ३९ रुपैयाँ ७३ पैसा र बिक्री ३९ रुपैयाँ ८९ पैसा।
कतारी रियाल १: खरिद ४० रुपैयाँ ९० पैसा र बिक्री ४१ रुपैयाँ ०६ पैसा।
युएई दिराम १: खरिद ४० रुपैयाँ ६० पैसा र बिक्री ४० रुपैयाँ ७६ पैसा।
मलेसियन रिङ्गेट १: खरिद ३७ रुपैयाँ ७४ पैसा र बिक्री ३७ रुपैयाँ ८९ पैसा।
कुवेती दिनार १: बिक्री ४८८ रुपैयाँ ६९ पैसा।
बहराइन दिनार १: बिक्री ३९६ रुपैयाँ ८५ पैसा।

त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा कायम हुँदा चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ८८ पैसा र बिक्रीदर २१ रुपैयाँ ९६ पैसा पुगेको छ। दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा तथा क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ। छिमेकी मुलुक भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।