ऊर्जा बचत गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिसहित माइडियाको ‘एक्ट्रिम प्लस इन्भर्टर एसी’ नेपाली बजारमा

काठमाडौं, २ बैशाख । चिनियाँ बहुराष्ट्रिय होम एप्लायन्स कम्पनी माइडियाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा आधारित नयाँ ‘एक्ट्रिम प्लस इन्भर्टर एसी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच अभिनेता राजेश हमालले यो नयाँ एयर कन्डिसनर (एसी) को लन्च गर्नुभएको हो ।

लन्च कार्यक्रममा बोल्दै अभिनेता हमालले बढ्दो गर्मी र ऊर्जाको महँगो खर्चका बीच नेपाली उपभोक्ताका लागि यो एसी प्रभावकारी समाधान बन्न सक्ने बताउनुभयो ।

माइडियाको यो एसीमा अत्याधुनिक डीसी इन्भर्टर र एआई प्रविधि जडान गरिएको छ । यसले कोठाको तापक्रम र आवश्यकताअनुसार आफैँ अनुकूलन (कन्ट्रोल) गरी ऊर्जा खपत कम गर्छ । कम्पनीको दाबीअनुसार यसको स्मार्ट सिस्टमले अनुकूल अवस्थामा ७५ प्रतिशतसम्म बिजुली बचत गर्न सक्छ ।

यसका साथै, उपभोक्ताले माइडियाको ‘स्मार्ट होम एप’ मार्फत आफ्नो मोबाइलमै बिजुलीको वास्तविक खपत प्रत्यक्ष रूपमा हेर्न (ट्र्याक गर्न) सक्छन् । यो एसीलाई स्मार्टफोन, ट्याब्लेट, स्मार्टवाच र भ्वाइस कन्ट्रोलमार्फत सजिलै नियन्त्रण गर्न सकिन्छ ।

नेपालका कतिपय स्थानमा हुने भोल्टेजको उतारचढाव (भोल्टेज फ्लक्चुएसन) लाई ध्यानमा राखेर यस एसीमा ९० देखि २६५ भोल्टेजसम्म काम गर्न सक्ने क्षमता दिइएको छ । साथै, यो एसीले ५५ डिग्री सेल्सियससम्मको अत्यधिक गर्मीमा पनि भरपर्दो रूपमा काम गर्ने कम्पनीले जनाएको छ ।

यसमा माइडियाको आफ्नै ‘एयर म्याजिक टेक्नोलोजी’ पनि समावेश छ, जसले हावामा रहेका ब्याक्टेरिया र भाइरसलाई कम गरी घरभित्रको वातावरण स्वच्छ र स्वास्थ्यकर राख्न मद्दत गर्छ । यो एसी चिसो र तातो दुवै मौसममा प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।

माइडिया एयर कन्डिसनरको नेपालका लागि आधिकारिक वितरक ‘एयर एक्सपर्टस्’ का निर्देशक नवीन भन्सालीले नेपाली उपभोक्तालाई प्रविधियुक्त र प्रभावकारी सेवा दिन यो एसी बजारमा ल्याइएको बताउनुभयो । उहाँले नेपालको बदलिँदो जीवनशैली र वातावरण सुहाउँदो अत्याधुनिक प्रविधि उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

विगत २० वर्षदेखि नेपाली बजारमा आफ्नो उपस्थिति जनाउँदै आएको माइडियाले यस नयाँ उत्पादनमार्फत स्मार्ट होम एप्लायन्सको बजारमा आफ्नो पकड अझ बलियो बनाउने लक्ष्य राखेको छ ।