सुनको मूल्यमा पुन: वृद्धि : फेरि ३ लाख नाघ्यो, चाँदी पनि महँगियो

काठमाडौं, २ बैशाख । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । एकैदिन सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेर पुनः ३ लाख रुपैयाँ नाघेको छ भने चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँ कायम गरिएको छ । यसअघि गत मङ्गलबार सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । चाँदी तोलामा १५५ रुपैयाँले बढेर प्रतितोला ५ हजार २२० रुपैयाँ पुगेको छ । मङ्गलबार चाँदी प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली बजारमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार र डलरको विनिमय दरका आधारमा निर्धारण हुने गर्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ८२८ अमेरिकी डलर र चाँदी प्रतिऔँस ८० डलरको हाराहारीमा कारोबार भइरहेको छ ।