विदेशी मुद्राको विनिमय दर यस्ताे छ, डलरको भाउ बढ्यो

काठमाडौँ, ९ वैशाख । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ विनिमय दरअनुसार आज अमेरिकी डलरको मूल्यमा वृद्धि देखिएको छ भने अन्य प्रमुख मुद्राहरूको भाउमा पनि सामान्य फेरबदल भएको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो १ को खरिददर १७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा कायम भएको छ।

यसैगरी, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ६६ पैसा पुगेको छ भने स्वीस फ्रयाङ्क १ को खरिददर १९१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३० पैसा रहेको छ।

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने मुलुकहरूको मुद्राको भाउ यस प्रकार छ:
साउदी रियाल १: खरिद ३९ रुपैयाँ ८१ पैसा र बिक्री ३९ रुपैयाँ ९७ पैसा।
कतारी रियाल १: खरिद ४० रुपैयाँ ९६ पैसा र बिक्री ४१ रुपैयाँ १२ पैसा।
युएई दिराम १: खरिद ४० रुपैयाँ ६५ पैसा र बिक्री ४० रुपैयाँ ८१ पैसा।
मलेसियन रिङ्गेट १: खरिद ३७ रुपैयाँ ७९ पैसा र बिक्री ३७ रुपैयाँ ९४ पैसा।
कुवेती दिनार १: बिक्री ४८९ रुपैयाँ ३४ पैसा।
बहराइन दिनार १: बिक्री ३९७ रुपैयाँ ४८ पैसा।

त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा कायम हुँदा चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा पुगेको छ। दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३८ पैसा तथा क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ। छिमेकी मुलुक भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।