विदेशी मुद्राको विनिमय दर यस्ताे छ : अमेरिकी डलरको भाउ १५० रुपैयाँ माथि
काठमाडौँ, ११ वैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ विनिमय दरअनुसार आज अमेरिकी डलरको बिक्रीदरले १५० रुपैयाँको विन्दु पार गरेको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो १ को खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा कायम भएको छ।
यसैगरी, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ८० पैसा र बिक्रीदर २०३ रुपैयाँ ६१ पैसा पुगेको छ भने स्वीस फ्रयाङ्क १ को खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ११ पैसा रहेको छ।
वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने मुलुकहरूको मुद्राको भाउ यस प्रकार छ:
साउदी रियाल १: खरिद ४० रुपैयाँ ०७ पैसा र बिक्री ४० रुपैयाँ २३ पैसा।
कतारी रियाल १: खरिद ४१ रुपैयाँ २२ पैसा र बिक्री ४१ रुपैयाँ ३९ पैसा।
युएई दिराम १: खरिद ४० रुपैयाँ ९२ पैसा र बिक्री ४१ रुपैयाँ ०८ पैसा।
मलेसियन रिङ्गेट १: खरिद ३७ रुपैयाँ ९२ पैसा र बिक्री ३८ रुपैयाँ ०७ पैसा।
कुवेती दिनार १: बिक्री ४९२ रुपैयाँ ११ पैसा।
बहराइन दिनार १: बिक्री ३९९ रुपैयाँ ४२ पैसा।
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा कायम हुँदा चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ९९ पैसा र बिक्रीदर २२ रुपैयाँ ०७ पैसा पुगेको छ। दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा रहेको छ।
अष्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा तथा क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ। छिमेकी मुुलुक भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ।