आजपनि घट्याे सुनकाे भाउ, कति घट्याे ताेलाकाे ?

काठमाडौं, १६ वैशाख ।  सुनको भाउ दुई दिनमा प्रतितोला ६ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २९४,५०० रुपैयाँ कायम गरेको हाे । मंगलबार सुनको भाउ ३ हजार र बुधबार फेरि ३ हजार रुपैयाँ घटेर यो स्तरमा झरेको हो ।

सुनको भाउअघि सोमबार प्रतितोला ३००,५०० रुपैयाँ र मंगलबार २९७,५०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन
चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला आज ४,९१५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ३० रुपैयाँ कम हो ।