डलरको भाउ १५२ रुपैयाँ नाघ्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, १८ वैशाख । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउमा उल्लेख्य वृद्धि देखिएको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा कायम भएको छ। डलरको यो भाउ हालसम्मकै उच्च विन्दुमध्येको एक हो।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा तोकिएको छ। युके पाउण्ड स्टर्लिङ १ को खरिददर २०५ रुपैयाँ १० पैसा र बिक्रीदर २०५ रुपैयाँ ९१ पैसा रहेको छ भने स्वीस फ्रयाङ्क १ को खरिददर १९३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ।
नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य रहेका मुलुकका मुद्राहरूको विनिमय दर यसप्रकार छ:
कतार रियाल: खरिददर ४१ रुपैयाँ ५८ पैसा, बिक्रीदर ४१ रुपैयाँ ७४ पैसा।
साउदी रियाल: खरिददर ४० रुपैयाँ ४१ पैसा, बिक्रीदर ४० रुपैयाँ ५७ पैसा।
यूएई दिराम: खरिददर ४१ रुपैयाँ २६ पैसा, बिक्रीदर ४१ रुपैयाँ ४३ पैसा।
मलेसियन रिङ्गेट: खरिददर ३८ रुपैयाँ १८ पैसा, बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा।
कुवेती दिनार: खरिददर ४९४ रुपैयाँ ०८ पैसा, बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा।
बहराइन दिनार: खरिददर ४०१ रुपैयाँ ३२ पैसा, बिक्रीदर ४०१ रुपैयाँ ९१ पैसा।
आज अष्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ६० पैसा र बिक्रीदर १०९ रुपैयाँ ०३ पैसा कायम भएको छ। क्यानेडियन डलर १ को खरिददर ११० रुपैयाँ ९६ पैसा र बिक्रीदर १११ रुपैयाँ ४० पैसा छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा तोकिएको छ भने चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २९ पैसा रहेको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको विनिमय दर स्थिर रहँदै आएको छ।