विदेशी मुद्राको विनिमय दर यस्ताे छ, कुन मुद्राकाे कति पुग्याे ?
काठमाडौँ, २० वैशाख । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउ उच्च विन्दुमा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो १ को खरिददर १७८ रुपैयाँ १६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा तोकिएको छ । युके पाउण्ड स्टर्लिङ १ को खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा पुगेको छ ।
नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य रहेका मुलुकका मुद्राहरूको विनिमय दर यसप्रकार छ:
कतार रियाल: खरिददर ४१ रुपैयाँ ५९ पैसा, बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा ।
साउदी रियाल: खरिददर ४० रुपैयाँ ४१ पैसा, बिक्रीदर ४० रुपैयाँ ५७ पैसा ।
यूएई दिराम: खरिददर ४१ रुपैयाँ २६ पैसा, बिक्रीदर ४१ रुपैयाँ ४३ पैसा ।
मलेसियन रिङ्गेट: खरिददर ३८ रुपैयाँ १८ पैसा, बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा ।
कुवेती दिनार: खरिददर ४९४ रुपैयाँ ०८ पैसा, बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा ।
बहराइन दिनार: खरिददर ४०१ रुपैयाँ ३५ पैसा, बिक्रीदर ४०२ रुपैयाँ ९४ पैसा ।
आज अष्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा कायम भएको छ । क्यानेडियन डलर १ को खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर १११ रुपैयाँ १८ पैसा छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा तोकिएको छ भने चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा रहेको छ । दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३३ पैसा कायम भएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको विनिमय दर स्थिर रहँदै आएको छ ।