लिटल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६: निल, शिवाना, आर्सुअंश र आरिकाले जिते शीर्ष उपाधि
काठमाडौँ, २१ वैशाख । बालबालिकाहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित १५औँ संस्करणको ‘लिटल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न फाइनल प्रतिस्पर्धामा सिनियर र जुनियर गरी चार विधामा चार विजेताहरू छानिएका हुन् ।
प्रतियोगितामा जुनियर ब्वाइजतर्फ निल वंशल र जुनियर गर्ल्सतर्फ शिवाना पाण्डेले शीर्ष उपाधि जितेका छन् । त्यस्तै, सिनियर ब्वाइजतर्फ आर्सुअंश भण्डारी र सिनियर गर्ल्सतर्फ आरिका उप्रेती विजेता घोषित भए ।
उपविजेताहरूको सूची:
जुनियर ब्वाइज: विश्व झा (फस्ट रनरअप), नक्स सरावगी अग्रवाल (सेकेन्ड रनरअप), सेरोन थापा (थर्ड रनरअप) र सौर्य रौनियार (फोर्थ रनरअप) ।
सिनियर ब्वाइज: सूर्यान्स श्रेष्ठ (फस्ट रनरअप), चिरन गोयल (सेकेन्ड रनरअप), सम्वत संसार महर्जन (थर्ड रनरअप) र सुशान्त राई (फोर्थ रनरअप) ।
सिनियर गर्ल्स: अनुस्का थापा (फस्ट रनरअप), अमुल्य पन्त (सेकेन्ड रनरअप), यादिमा राई (थर्ड रनरअप) र सुहाना घिमिरे (फोर्थ रनरअप) ।
जुनियर गर्ल्स: आश्री आरएल कुवँर (फस्ट रनरअप), सिवान्सी थापा (सेकेन्ड रनरअप), अदिश्री आचार्य (थर्ड रनरअप) र सेजल पाण्डे (फोर्थ रनरअप) ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित यस प्रतियोगिताका विजेताहरूले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । एजेन्सीका प्रबन्ध निर्देशक एवं अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुले बालबालिकाको आत्मविश्वास बढाउँदै उनीहरूलाई भविष्यको लागि सक्षम बनाउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
प्रतियोगितामा ६ देखि १३ वर्ष उमेर समूहका ४५ बालबालिका (जुनियरमा २५ र सिनियरमा २०) फाइनलमा भिडेका थिए । कार्यक्रमको कोरियोग्राफी राज फैजुले नै गर्नुभएको थियो भने ड्रेस डिजाइन श्रीषा बैदारले गर्नुभएको थियो । काठमाडौं वल्र्ड स्कुल यस प्रतियोगिताको मुख्य प्रायोजक रहेको थियो ।
प्रतियोगिताको विजेता छनोट गर्न अभिनेता मुकुन भुषाल, अभिनेत्री रेनुनाथ योगी, राजेश घिमिरे, अमन हिताङ, रोशनी शाही ठकुरी, आशिष थापा मगर र शिरिष आर तुलाधर निर्णायकका रूपमा रहेका थिए । साङ्गीतिक माहोलका बीच सम्पन्न यस प्रतियोगिताले बालबालिकाहरूको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याएको सहभागी अभिभावकहरूको भनाइ थियो ।