अमेरिकी डलरको भाउ १५३ रुपैयाँ नाघ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ३० वैशाख । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार आज अमेरिकी डलरको भाउ १५३ रुपैयाँ नाघेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ७१ पैसा र बिक्री दर १५३ रुपैयाँ ३१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिद दर १७९ रुपैयाँ ३१ पैसा र बिक्री दर १८० रुपैयाँ ०२ पैसा कायम भएको छ ।

यूके पाउण्ड स्ट्रलिङ: खरिद दर २०६ रुपैयाँ ७२ पैसा र बिक्री दर २०७ रुपैयाँ ५३ पैसा ।
अष्ट्रेलियन डलर: खरिद दर ११० रुपैयाँ ३५ पैसा र बिक्री दर ११० रुपैयाँ ७८ पैसा ।
क्यानेडियन डलर: खरिद दर १११ रुपैयाँ ३९ पैसा र बिक्री दर १११ रुपैयाँ ८२ पैसा ।
सिङ्गापुर डलर: खरिद दर १२० रुपैयाँ ०२ पैसा र बिक्री दर १२० रुपैयाँ ४९ पैसा ।
स्वीस फ्रयाङ्क: खरिद दर १९५ रुपैयाँ ५३ पैसा र बिक्री दर १९६ रुपैयाँ ३० पैसा ।

खाडी मुलुकको मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ७० पैसा र बिक्री दर ४० रुपैयाँ ८६ पैसा पुगेको छ । कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ८६ पैसा र बिक्री दर ४२ रुपैयाँ ०६ पैसा तथा युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ५८ पैसा र बिक्री दर ४१ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

त्यस्तै, मलेसियन रिङ्गेट एकको खरिद दर ३८ रुपैयाँ ८२ पैसा र बिक्री दर ३८ रुपैयाँ ९७ पैसा रहेको छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६९ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा हुँदा चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ४८ पैसा र बिक्री दर २२ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।