विदेशी मुद्राको विनिमय दर यस्ताे छ, डलर १५३ रुपैयाँ माथि

काठमाडौँ, ३१ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको नयाँ दरअनुसार आज अमेरिकी डलरको भाउ १५३ रुपैयाँ माथि नै कायम छ।
आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ८४ पैसा र बिक्री दर १५३ रुपैयाँ ४४ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिद दर १७९ रुपैयाँ ०३ पैसा र बिक्री दर १७९ रुपैयाँ ७३ पैसा कायम भएको छ।

यूके पाउण्ड स्ट्रलिङ: खरिद दर २०६ रुपैयाँ ४४ पैसा र बिक्री दर २०७ रुपैयाँ २५ पैसा।
अष्ट्रेलियन डलर: खरिद दर ११० रुपैयाँ ८० पैसा र बिक्री दर १११ रुपैयाँ २४ पैसा।
क्यानेडियन डलर: खरिद दर १११ रुपैयाँ ६३ पैसा र बिक्री दर ११२ रुपैयाँ ०७ पैसा।
सिङ्गापुर डलर: खरिद दर १२० रुपैयाँ ११ पैसा र बिक्री दर १२० रुपैयाँ ५८ पैसा।
स्वीस फ्रयाङ्क: खरिद दर १९५ रुपैयाँ ५९ पैसा र बिक्री दर १९६ रुपैयाँ ३५ पैसा।

खाडी मुलुकको मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ७४ पैसा र बिक्री दर ४० रुपैयाँ ९० पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ९३ पैसा र बिक्री दर ४२ रुपैयाँ ०९ पैसा तथा युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ६१ पैसा र बिक्री दर ४१ रुपैयाँ ७८ पैसा कायम भएको छ।

त्यस्तै, मलेसियन रिङ्गेट एकको खरिद दर ३८ रुपैयाँ ८९ पैसा र बिक्री दर ३९ रुपैयाँ ०४ पैसा रहेको छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६९ पैसा र बिक्री दर ९ रुपैयाँ ७२ पैसा हुँदा चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ५१ पैसा र बिक्री दर २२ रुपैयाँ ५९ पैसा तोकिएको छ। दक्षिण कोरियाली वन १०० को खरिद दर १० रुपैयाँ २६ पैसा र बिक्री दर १० रुपैयाँ ३० पैसा रहेको छ।

नेपाली बजारमा भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा स्थिर रहेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *