सुनचाँदीको मूल्यमा सामान्य वृद्धिः सुन तोलामा ३०० र चाँदी ३५ रुपैयाँले बढ्यो
काठमाडौँ, ३१ बैशाख । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। बुधबारको तुलनामा बिहीबार (आज) सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन (बुधबार) छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ७४५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो। महासङ्घको तथ्याङ्कअनुसार गत मङ्गलबार भने सुन प्रतितोला ३ लाख २ हजार ९०० र चाँदी ५ हजार ६९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।